धनगढी पोष्ट
बुधबार, ०९ भदौ २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको छ ।
मंगलबार अस्पतालमा १ सय ३४ जनाको स्वाव परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उनका अनुसार बुधबार सेती अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार अस्पतालमा थप ५ जना भर्ना भएका छन् । यो संगै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्नाभएका कोरोना संक्रमितको संख्या १४ रहेको छ । भर्ना भएका मध्य ५ जनाको आइसियु र १ जनाको भेण्टिलेटर कक्षमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।