धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

माधव नेपाल पक्षका ४ सांसदको सनाखत भएन

माधव नेपाल पक्षका ४ सांसदको सनाखत भएन

धनगढी ।

नेकपा एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न खोजेका ४ जना संसदको निर्वाचन आयोगले सनाखत रोकेको छ ।

आयोगले यस अघिको सूचिमा नाम नरहेको भन्दै ३ जनालाई बुधबार सनाखत गर्द दिएन भने बरिष्ठ नेता झलनाथ खनाल प्रत्यक्ष उपस्थित हुन नसक्दा उनको पनि सनाखत रोकिएकोहो ।

सनाखत रोकिएका सांसदहरुमा सोमप्रसाद पाण्डे, राजेन्द्र राई, माया ज्ञवाली र शारदा भट्ट हुन् । उनीहरुले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पत्र बुझाउँदा हस्ताक्षर गरेका थिएनन् ।

राजेन्द्र राई, माया ज्ञवाली र शारदा भट्ट पनि अन्तिम समयमा माधव नेपाल पक्षमा पुगेका थिए । ४ जनाको सनाखत स्वीकृत गरिए माधव नेपाल पक्षमा ३४ सांसद पुग्नेछन् । जसमध्ये एकजना राष्ट्रिय सभाका सांसद वेदुराम भुसाल छन् ।