धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

भानुभक्त जैशी र झपड रावल एमालेमै फर्कने

भानुभक्त जैशी र झपड रावल एमालेमै फर्कने

धनगढी । संसद विघटन पछि माधव नेपाललाई साथ दिंदै आएका सुदूरपश्चिमका दुई जना एमालेमै फर्कनेभएका छन् ।

एमाले श्रोतका अनुसार एमाले केन्द्रिय सदस्य तथा संघिय सांसद झपड रावल र पूर्व वनमन्त्री तथा केन्द्रिय सदस्य भानुभक्त जैशी एमालेमै फर्कनेभएका हुन् । एमाले विभाजन हुँदा दुवै नेताले एकताको पक्षमा रहने घोषणा गरेका थिए । यसैगरी निरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धरअरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले पनि एमालेमै आबद्ध हुने छन् ।