धनगढी पोष्ट
बिहिबार, १० भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
बिहीबार गरिएको पिसिआर परिक्षणमा ३१ र एन्टिजने परिक्षणमा ५ गरी ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएकोछ ।
निर्देशनालयका अनुसार बिहीबार १ सय १८ जनाको पिसिआर विधिबाट र ७ सय ७७ जनाको एन्टिजेन विधिबाट गरी ८ सय ९५ जनाको कोरोना परिक्षण गरिएको हो ।
बिहीबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४६ हजार १ सय ६६ पुगेकोछ ।
स्वास्थ्य निर्देशनालयका अनसार बिहीबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २४ जना संक्रमित कोरोना निकोभएर घर गएकाछन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४५ हजार ३ सय ९२ पुगेकोछ ।
सुदूरपश्चिममा कोरोना संक्रमणका कारण बिहीबार सम्म ५ सय ८१ जनाको मृत्यु भएको छ । बिहीबार भने कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएकोछ ।