धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सेतीको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएकोछ । 
बिहीबार अस्पतालमा ९४ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा उपचाररत शुक्रबार १ जना निकोभएर घर गएका छन् भने थप १ जना भर्ना भएका छन् ।

हाल सेती अस्पतालमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेकोमा ६ जनाको आइसियु र २ जनाको भेन्टिलेटर कक्षमा राखेर उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।