धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

८ बर्ष सम्म नबनेको पुल नदी कटानको जोखिममा

८ बर्ष सम्म नबनेको पुल नदी कटानको जोखिममा

धनगढी । ८ बर्ष सम्म निर्माण सम्पन्न हुन नसकेको कैलाली, कञ्चनपुर जोड्ने पुल नदी बटानको जोखिममा परेकोछ । कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने गरी मोहना नदीमा निर्माण थालिएको पुल ठेकेदारको लापवार्हीका कारण ८ बर्ष सम्म सम्पन्न हुन सकेको थिए । तीन बर्षमा सम्पन्न गर्नेगरी २०७१ सालमा ठेक्का सम्झौता भएको पुल निर्माणका लागि तीन पटक म्याद थप गरिएको थियो । सो अवधीमा समेत सम्पन्न हुन नसकेको पुल मोहना नदीले बगाउने खतरा बढकोछ ।

नदीले धार परिवर्तन गर्दै पुलको पश्चिम क्षत्रको पिल्लर तर्फ तिब्र कटान सुरु गरेको स्थानीयले जनाएका छन् । कटानका कारण पिल्लरमा भरान गरिएको माटो बगेको स्थानीयले बताए । बिहीबार राती आएको बर्षाका कारण भरान गरिएको माटो बगेकोछ स्थानीय देबबहादुर वमले भने–‘माटो बगाउँदा पुलको एकतर्फकोको पिल्लर विच नदीमा पर्नथालेकोछ ।

तीन बर्ष सम्म पुलको भौतिक प्रगति जम्मा १५ प्रतिशतमा सिमित रह्यो । तीन बर्ष सम्म पुल नबनेपछि २०७४ मा एक बर्ष म्याद थप गरिएपनि भौतिक प्रगति ५५ प्रतिशतमा सिमित बनेको थियो । लगातार दुई पटक सम्म थपिएको म्यादमा पुल नबनेपछि २०७६ असोजमा प्रशासनले एलाईडलाई कारवाही गर्ने चेतावनी दिएको थियोे । कारवाही बाट बच्न एलाइडले तत्काल जेठ सम्म सक्ने वाचा गरेपनि निर्माण पुरा गरेनन् ।

नेपालमा कोरोना महामारी फैलियो र सरकारले लकडाउन ग¥यो । एलाइडले सोही बहाना बनाएर हाल सम्म पनि पुल निर्माण सम्पन्न गरेकोछैन । सम्झौता अनुसार ८ करोड रुपैयाँ लागतमा एक सय मिटरको पुलका लागि हाल तेश्रोपटक पनि म्याद थप गरिएको छ । सडक डिभिजन कार्यालय धनगढीका इन्जििनियर पदम मडैका अनुसार आगामी असोजमा पुल हस्तान्तर गर्ने योजना रहेको थियो । तर नदीले धार पविर्तन गरेपछि भने फेरी काम लम्बिन सक्ने उनले बताए ।