धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिमका २८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

सुदूरपश्चिमका २८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

धनगढी 

सुदूरपश्चिम प्रदेशका २८ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै १ जनाको मृत्यु भएकोछ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीबार प्रदेशका ९ सय ५४ जनाको स्वाव परिक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार शुक्रबार १५ जनामा पिसिआर विधिबाट र १३ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएकोहो ।

बिहीबार १ सय ३४ जनाको पिसिआर विधिबाट र ८ सय २० जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थय निर्देशनालयले जनाएकोछ ।

शुक्रबार थपिएका कोरोना संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुको संख्या ४६ हजार १ सय ९४ पुगेकोछ । स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १७ जना संक्रमित कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निकोहुनेको संख्या ४५ हजार ४ सय ९ पुगेकोछ ।

कोरोना संक्रमणका कारण शुक्रबार कञ्चनपुरका ४७ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएकोछ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ८२ पुगेकोछ ।