धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रेशम चौधरी जसपामै रहेको बाबुराम भट्टराईको दावी

रेशम चौधरी जसपामै रहेको बाबुराम भट्टराईको दावी

धनगढी । जनता समाजबादी पार्टी (जसपा) का संघिय अध्यक्ष बाबुराम भट्टराईले शेरम चौधरी आफ्ने पार्टीमा रहेको दाबी गरेका छन् ।

कैलाली क्षेत्रनम्बर१ बाट निर्वाचित संघिय सांसद रेशम चौधरी महन्थ ठाकुरले गठनगरेको लोकतान्त्रिक समाजबादी पार्टीमा गएको भनेर अफवाह फैलाइएको उनले बताए ।

लोसपामा गएका सांसदको सूचि निर्वाचन आयोगले सार्वजनिक गरेकोछजसपा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने–‘आयोगले सार्वजनिक गरेको सुचिमा रेशमको नाम छैन, उनि जसपामै छन् ।रेशम र आफ्नो लगातार संवाद भइरहेको बताउँदै उनले संवादका क्रममा पनि रेशमले जसपामै रहेको बताउनेगरेको बताए ।

भट्टराईले कैलालीको टिकापुरमा भएको घटना नितान्त राजनीतिक  भएको भन्दै त्यसलाई राजनीतिक रुपमै समाधान गरिनुपर्ने बताए । रेशमको विषयमा प्रधानमन्त्री देउवा समेत सकारात्मक रहेको बताउँदै उनले जसपाकै पहलमा शेरमको रिहाई हुने बताए ।

जसपालेनै रेशम चौधरिको रिहाई गर्न पहल गर्नेछउनले भने–‘टिकापुर घटनालाई राजनीतिक रुपमा नै समाधान गर्न पनि हाम्रै पार्टीले पहल गर्नेछ ।एमालेले झापामा बन्दुक उठाएको र कांग्रेसले हवाइजहाज कब्जा गर्दा राजनीतिक रुपमा मिलाइएको भन्दै उनले अधिकारका लागि गरिएका आन्दोलनलाई बिद्रोह भन्न नमिल्ने बताए ।

उनले जसपा संघ देखी प्रदेश सम्म सरकारमा सहभागि हुने बताए । संघिय सरकारमा छिट्टै सहभागि हुने बताएका उनले सुदूरपश्चिम प्रदेमा पनि जसपा सरकारमा जाने बताए । केही प्रदेशमा जसपा सरकारमा सहभागि भइसकेको छउनले भने–‘अन्य प्रदेशमा पनि हामी सहभागि हुनेछौंत्यसको सदुपयोग गरी पार्टीलाई बलियो बनाउनु पर्दछ ।

सरकारको नेतृत्व गरेका देउवाबाट धेरै आसा गर्न नसकिने उनको दावी छ । देउवाको मुख्यदाइत्व चुनाव गराउनेहोउनले भने–‘त्यसबाहेक सरकारले केही गर्न सक्दैन, गल तगर्न हामीले दिनेछैनौं ।

कार्यक्रममा जसपाकी केन्द्रिय कार्यकारिणि सदस्य दर्गा सोपले जसपाले पार्टी संगठन निर्माणका लागि तयार पारेको सुदृढिकरण जनजागरण अभियानका बारेमा जानकारी गराएकिथिइन् । उनले महन्त ठाकुर अलग हुँदा जसपा झनै बलियो बनेको र पार्टीका समस्या समेत समाधान भएको बताइन् ।