धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

महाकाली लोकमार्ग पहिरो, दार्चुलाको यातायात अबरुद्ध

महाकाली लोकमार्ग पहिरो, दार्चुलाको यातायात अबरुद्ध

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका स्थित महाकाली लोकमार्गमा पहिरो खस्दा दार्चुलाको यातायात सेवा अवरुद्ध बनेकोछ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका६ दुधलिङगाडमा शनिबार (आज) बिहान पहिरो खसेको हो ।

सडक माथिबाट खसेको पहिरोले महाकाली लोकमार्गको करिव एक सय मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर भट्टले बताए । लोकमार्गको माथील्लो क्षेत्रमा निर्माण गरिएको ग्रामीण सडकबाट पहिरो खस्दा सडक अवरुद्ध भएको उनले बताए ।

पहिरोका कारण दार्चुला सदरमुकाम खलंगाको यातायात सेवा अबरुद्ध बनेकोछ । शनिबार बिहान दार्चुलाबाट देशका विभिन्न स्थानकालागि छुटेका लामो दुरीका सवारीसाधन बाटोमा अलपत्र परेका छन् । सडक खुलाउन विहान देखि जेसिबि लगाइएको भएपनि तत्काल सडक खोल्न सकिने अवस्था नरहेको प्रहरी प्रमुख भट्टले बताए ।

बर्षायाममा महाँकाली लोकमार्गका विभिन्न स्थानमा पहिरो खस्दा दार्चुलाको यातायात सेवा प्रभावित हुँदै आएकोछ । भदौको पहिलो हप्ता खसेको पहिरोका कारण एक हप्ता सम्म अवरुद्ध राजमार्ग विहिबार मात्रै सुचारु भएको थियो ।

शनिबार शैल्यशिखर नगरपालीकाको वडा नं. ६ मा पहिरो खस्दा पुनः सडक अबरुद्ध बनेकोछ । निरन्तर सडक अबरुद्ध हुँदा दार्चुला सदरमुकाम खलङ्गामा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेकोछ ।