धनगढी पोष्ट
शनिबार, १२ भदौ २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शुक्रबार अस्पतालमा १ सय ३९ जनाको पिसिआर परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएकोहो । उनका अनुसार शनिबार अस्पतालमा उपचाररत ३ जना कोरोना निकोभएर घर गएका छन् ।