धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

पुल बगेपछि जोखिममा नदी तर्दै राजघाट बासी, १ जना वेपत्ता

पुल बगेपछि जोखिममा नदी तर्दै राजघाट बासी, १ जना वेपत्ता

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकावडा नमबर८ र ९ मा पर्ने राजघाटका स्थानीय मोहना नदीमा निर्माण गरिएको पुल बगाएपछि जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् ।

राजघाट र धनगढीको सीमामा मोहना नदी रहेका कारण त्यहाँका नागरिकलाई धनगढी आउन पुलको सहारा चाहिन्छ । नदीमा हाल सम्म सरकारी पुल छैन । स्थानीयका समस्यालाई मध्यनगर गरेर नीजि क्षेत्रले स्काई ब्रिज निर्माण गरेको थियो । नीजि क्षेत्रले निर्माण गरेको पुलमा पैसा तिरेर भएपनि सहज धनगढी आउन पाएका राजघाट बासी शुक्रबार देखी नदी तैरेर धनगढी आउन बाध्य भएका छन् ।

नदीमा निर्माण गरिएको स्काई ब्रीज बिहीबार राती आएको बाढीले बगायो स्थानीय हरी भुत्यालले भने–‘सरकारले ८ बर्ष अघि निर्माण गर्न थालेको पुल अझै सम्पन्न भएको छैन, धनगढी आउन ज्यानको बाजी लगाउनुपरेकोछ । उनका अनुसार राजघाट बासीका लागि नजिकको बजार धनगढीनै हो । कञ्चनपुरमा पर्ने महेन्द्रनगर जान, आउन १ दिन पुरै लाग्ने गरेको उनले बताए ।

राजघाटबाट धनगढी आउन नजिक कुनै पुल नभएको स्थानीय चन्द्र महराले बताए । उनका अनुसार यस अघि स्काई ब्रीज रहेको स्थानबाट हिडेर धनगढी जाँदा २० मिनेट मात्रै लाग्ने गरेको थियो । तर स्काई ब्रीज बगाएपछि गाउँबाट सवै भन्दा नजिक पर्ने  अर्को पुलबाट धनगढी जान भने मोटरसाईकलमा १ घण्टा लाग्ने गरेको उनले बताए ।

पुल भएर घनगढी जान मोटरसाईकलमै १ घण्टा लाग्ने गर्दछ महराले भने–‘तर नदी तरेर गाउँनजिकै रहेको धनगढी बजार जान हिडेर २० मिनेट मात्रै लाग्दछ, जसका कारण स्थानीय जोखिम मोलेर भएपनि नदी वारापर गर्नथालेका छन् ।  उनका अनुसार  २०७१ साल देखी निर्माण सुरु भएको गाउँ नजिकैको पक्की पुल अझै अलपत्र अवस्थामा रहेकोछ । पक्किपुल निर्माण गरिएको भए हामीलाई जोखिममा नदी तैरिनुपर्ने अवस्था आउने थिएन उनले भने–‘तर ९ बर्ष सम्म ठेकेदारले पुल बनाएका छैनन्, काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुको सट्टा राजनीतिक दलले संरक्षण गरिरहेका छन् ।

कृष्णपुर नगरपालिका९ का वडा अध्यक्ष छत्र महराले पुल नहुँदा स्थानीयलाई समस्या भएको बताए । सुख्खायाममा त्यती समस्या नभएपनि बर्षा याममा धनगढी जान स्थानीयलाई सकस हनेगरेकोछ उनले भने–‘नीजि क्षेत्रले निर्माण गरेको पुलले केही सहयोग भएको थियो, त्योपनि बगेकोछ । उनले स्काई ब्रीज बगाएपछि नदी तर्ने बैकल्पिक तरिकाबोरे छलफल भइरहेको बताए ।

मोहना नदीमा निर्माणाधिन पक्कीपुलको ढलान सम्पन्न भइसकेको भन्दै उनले त्यसैलाई भरान गरेर भएपनि पैदल हिड्न सम्म बनाउन सकिने बताए । त्यसका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरसंग छलफल भएको बताउँदै उनले सडक डिभिजन कार्यालयले जेसिबि पठाईदिने आस्वासन दिएको बताए । यसका अलावा निजी क्षेत्रले निर्माण गरेको स्काई ब्रीज मर्मतका बारेमा पनि सञ्चालक संग छलफल गरिएको उनले बताए ।

नदीमा बगेर १ जना वेपत्ता

बिहीबार राती मोहना नदीमा आएको बाढीका कारण पुल बगाएपछि मोहना नदी तर्न खोज्दा १ जना बगेर वेपत्ता भएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका९ राजघाट बाट धनगढी आउने क्रममा मोहन नदीले बगाएर धनगढी उपमहानगरपालिका३ का २८ बर्षिय पुरन राना वेपत्ता भएका हुन् ।

कामको शिलशिलामा बिहीबारनै राजघाट गएका उनि शुक्रबार बिहान पानीको वहाव उच्च हुँदा आउन सकेका थिएनन् । शुक्रबार वेलुका पानीको सतह केही घटेको भन्दै नदी तरेर धनगढी आउन खोज्दा नदीले बगाएको उनका दाई रामदाश रानाले बताए । उनको सशस्त्र प्रहरीको गोताखोर टोली, प्रहरी र स्थानीयको सहयोगमा खोजि कार्य भइरहेको प्रहरीले जनाएकोछ ।