धनगढी पोष्ट
शनिबार, १२ भदौ २०७८ मा प्रकाशित
धनगढी ।
बलात्कार पछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका परिवारलाई २ लाख ७० हजार ८ सय ४० रुपैंया सहयोग गरिएकोछ ।
नेपालिज् असोशिएसन अफ भिक्टोरिया (न्याभ) र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा भागरथी भट्ट परिवारलाई आर्थिक सहयोग गरिएकोहो । स्व भट्टको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले न्याभले च्यारिटी क्रिकेट प्रतियोगिता सञ्चालन गरेको थियो ।
सो प्रतियोगितामा सहभागिले प्रदान गरेको रकममा अष्ट्रेलिया स्थित मल्टिडाइनामिक रिअल स्टेटले उतिनै थप सहयोग गर्दै २ लाख ७० हजार ८ सय ४० सहयोग गरिएको न्याभका अध्यक्ष राम गुरुङले बताए । न्याभले कोरोना संक्रमणका वेला समेत सुदूरपश्चिमका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।