धनगढी पोष्ट
शुक्रबार, १२ असार २०७७ मा प्रकाशित
धनगढी
क्वारेन्टिन र आइसोलेनमा राखेका व्यक्ति र भएको खर्चको बिबरण उपलव्ध गराउन सहित चार बुँदे माग राख्दै नेपाली काँग्रेस घोडाघोडी नगर समितिले घोडोघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई शुक्रवार ज्ञापनपत्र बुझाएको छ ।
आर्थिक बर्ष २०७६।२०७७ को सम्पुर्ण बजेट सिलिङ र आव २०७७।२०७८ को नीति तथा कार्यक्रम पनि उपलव्ध गराउन काँग्रेस नगर सभापति कमल राज चौधरीद्धरा हस्ताक्षरित ज्ञापनपत्रमा माग गरिएको छ ।
घोडाघोडी नगरपालिकाभित्र भैरहेका बिकास निर्माणका गतिविधिमा ब्यापक जनगुनासो आइरहेको भन्दै बुझाइएको ज्ञापनपत्रमा बृहद घोडाघोडी पर्यटन बिकास बोर्डको आर्थिक बर्ष ३०७६।२०७७ को खर्च बिबरण उपलव्ध गराउन समेत माग गरिएको छ ।
घोडाघोडी नगर प्रशासनले नगरभित्र हुने हरेक बिकास निर्माण लगायतका कामहरुमा पार्टीको एजेन्टको रुपमा काम गरेरको आरोप लागउदै ज्ञापन पत्रमा जनता केन्द्रित भएर काम गर्न आग्रह गरिएको छ ।