धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

केन्द्रिय नेतृत्वले समाचार मार्फत बदनाम गराउन खोजेको भन्दै जनमोर्चाको लम्साल समूहको आपत्ती

केन्द्रिय नेतृत्वले समाचार मार्फत बदनाम गराउन खोजेको भन्दै जनमोर्चाको लम्साल समूहको आपत्ती

धनगढी । समाचार मार्फत बदनामा गर्न खोजेको भन्दै जनमोर्चा सुदूरपश्चिम प्रदेश अन्तरगत लोकेन्द्र लम्साल समुहले केन्द्रिय नेतृत्वको आलोचना गरेकोछ ।

राष्ट्रिय जनमोर्चा केन्द्रिय कमिटिको नियन्त्रणमा रहेको युग दर्शन नामक अनलाईनमा अर्को पार्टीमा जान पदको बार्गेनिङ गरेको, प्रायोजक खोजेर महंगो होटलमा गुटको भेला गरेको जस्ता अफवाह फैलाउँदै समाचार सम्प्रेषण गरिएको सो समुहको आरोप छ । उक्त समाचार प्रति आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै केन्द्रिय नेतृत्व संग रुष्ट बनेर प्रदेशमा समानान्तर कमिटि गठन गरेको लोकेन्द्र लम्साल समुहले आफुहरु कुनै पार्टीमा जान नलागेको र कसैको आर्थिक प्रयोजकमा भेला नगरेको प्रष्ट्याएकोछ ।

सुदूरपश्चिमका सवै कार्यकर्ताले सक्दो आर्थिक सहयोग गरेपछि धनगढी स्थित विपिआई सेन्टरमा हामीले कार्यक्रम गरेका हौं समानान्तर कमिटका सुदूरपश्चिम प्रदेश अध्यक्ष लोकेन्द्र लम्सालले भने–‘अरु पार्टीमा जाने भन्ने अफवाह सरासर झटहो, केन्द्रले समयमै ध्यान नदिए बरु हामि छुट्टै पार्टी गठन गरेर चलाउन सक्छौं ।

आइतबार धनगढीमा पत्रकार सम्मलेन गर्दै सो समुहले जनमोर्चाको केन्द्रिय कमिटि विधिविधान विपरित दक्षिणपन्थि शक्तिसंग टांस्सिएको अध्यक्ष लम्सालले आरोप लगाए । उनले केन्द्रिय कमिटिको योजनामा आफुहरुलाई बदनाम गर्ने उदेश्यले अनलाईनमा सामाचार प्रकाशित गरिएको बताए । पार्टीको नीति नियम विपरित गरिएका कामकाजमा विमति जनाउँदा केन्द्रका पुजारी भनाउँदाले हामीलाई कारवाही गरे उनले भने–‘यसले कार्यकर्ता रुष्ट बनेका छन्, पार्टीमा निरङ्कु तन्त्र हाबीइरहेकोछ ।

लम्साल समुहका प्रदेश सचिव लक्षिराम आचार्यले पार्टीले आफुहरुलाई वेवास्ता गरे छुट्टै पार्टी गठन गरेर अघिबढ्ने चेनावनी दिए । लामो समयसम्म पार्टीमा रहेर काम गरेका नेतालाई केन्द्रले एकलौटी ढंगले कारवाही गरेकोछ उनले भने–‘यसले देशभरीका जनमोर्चाका कार्यकर्ता रुष्ट बनेका छन्, पार्टी यसरीने अघि बढे हामि छिट्टै अर्को निर्णय गर्न बाध्य हुनेछौं । 

उनले अनलाई पत्रिकाले भने जस्तो अरुको प्रायोजनमा होटलमा कार्यक्रम नगरिएको बताए । कार्यक्रममा आएका कार्यकर्ताबाट उठाएको लेवि संगै नपुगेको पैंसा सवै मिलेर उठाउँदै हामीले भदौं ८ र ९ गते बिपिआई सेन्टरमा कार्यक्रम सञ्चालन गरेकाहौं उनले भने–‘मुख्यमन्त्रीसंग भेट नै भएको छैन, विनामगर संग बार्गेनिङ गरेको भन्नेकुरा काल्पनिक मात्रैहो ।