धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सेतीको परिक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आइतबार अस्पतालको प्रयोगशालामा १ सय ३४ जनाको स्वाव परिक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएकोहो ।

सेती प्रादेशिक अस्पतालबाट सोमबार ४ जना कोरोना निकोभएर घर गएका छन् भने १ जना अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले बताए । हाल सेती अस्पतालमा १० जना कोरोना संक्रमित उपचाररत रहेका छन् । ती मध्य ४ जनाको आइसियु र १ जनाको  भेन्टिलेटरमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।