धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

महाकालीमा पानीको सतह बढ्यो, बनवासा पुलमा सवारी आवागमन बन्द

महाकालीमा पानीको सतह बढ्यो, बनवासा पुलमा सवारी आवागमन बन्द

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिललामा भारी बर्षा हुँदा महाकाली नदीमा पानीको बहाव खतराको सीमामा पुगेकोछ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकाली नदीमा सोमबार दिउँसो जलसतहले सतर्कताको तह पार गरेको छ । आपतकालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार सोमबार दिउँसो १२ बजे गरिएको मापन अनुसार नदीमा पानीको बहाव एक लाख ४१ हजार १८० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै बनवसा पुलमा ठूला सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ । नदीको जलसतह बढ्न थालेकाले कञ्चनपुरका नदी तटीय क्षेत्रमा डुवान हुने क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । यसैगरी चुरे क्षेत्र भएर बग्ने दोदा नदीको जल बहाव समेत बढेको छ ।