धनगढी पोष्ट
सोमबार, १४ भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका थप २० जनामा कोरोना संक्रमण पुष्टिभएकोछ । सोमबार सुदूरपश्चिममा ६ सय ८७ जनाको स्वास्थ्य परिक्षणगर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएकोछ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सोमबार १ सय ७९ जनाको पिसिआर परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएकोहो । सोमबारनै ५ सय ८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएकोमा सवैको नतिजा नेगेटिभ आएको जनाइएकोछ ।
यो संगै सुदूरपशिचममा कोरोना संक्रमण हुनेको कुल संख्या ४६ हजार २ सय ४३ पुगेकोछ । संक्रमण पुष्टि भएका मध्य ४५ हजार ५ सय ७७ जना निकोभएर घर गएका छन्, भने ५ सय ८३ जनाको मृत्यु भएकोछ । स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचाररत ४१ जना कोरोना निकोभएर घर गएका छन् ।