धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

गौरा पर्वको मुख्यदिन अठ्याबली मनाइयो

गौरा पर्वको मुख्यदिन अठ्याबली मनाइयो

धनगढी । गौरा पर्वको मुख्य दिनका रपमा लिइने  अठ्याबली अर्थात् दुर्वाष्टमी मनाइएकोछ । अठ्यावलीकै दिन गौरा देवीकोको पूजा गर्ने गरिनछ ।

आइतबारे अमुक्ताभरण सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले चढाएको दुवधागो आज ग्रहण गर्ने चलन रहेको छ । महिलाहरु व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजापाठ गर्ने चलन छ ।

यसैगरि दिनमा महिलाहरु हल्लोरी वाला कल्लोरी भन्दै (शिव र पार्वतिको प्रतिमुर्ति) खेलाउने गर्दछन् । गौराखालामा विधिपुर्वक फल फट्काएपछि नयाँ फलहरु चाख्ने चलन छ ।

अठ्यावली मनाएसंग गौराका अवसरमा सुदूरपश्चिममा पौराणिक कथाहरुमा आधारीत भएर देउडा खेल्ने, देवी देवताका गाथा गाउने, चैतली, धुमारी, ढुस्को तथा खेल खेल्ने चलन छ ।