धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

मन्त्री जोशीले बुझिन् दार्चुला पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्था

मन्त्री जोशीले बुझिन् दार्चुला पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्था

धनगढी । दार्चुला पहिरोमा परी घाइते भएपछि उपचारका लागि धनगढी ल्याइएका दुई जनाको सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून् मन्त्री पूर्णा जोशीले स्वास्थ्य अवस्था बारेमा जानकारी लिएकिछन् ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत दुवै जना बिरामीलाई भेट्दै मन्त्री जोशीले उपचारमा संलग्न डाक्टरबाट उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लगेकिहुन् । पहिरोमा परेर घाइते भएका दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडालको दार्चुलामा उपचार सम्भव नभएपछि सोमबार हेलिकप्टर मार्फत थप उपचारका लागि धनगढी ल्याईएको थियो ।

मन्त्री जोशीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित उपचारमा केही पनि कमी नगर्न अस्पतालाई निर्देशन दिएकी छिन । घाइतेको उपचारमा संलग्न दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेले रेखदेखका लागि स्वास्थ्यकर्मी खटाइएको बताए ।

यस्तै दार्चुलामा बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको छ ।