धनगढी पोष्ट
मङ्गलबार, १५ भदौ २०७८ मा प्रकाशित
धनगढी । कोरोना भाइरसको दोश्रो लहर सुरुभएपछि गत बैशाख देखी बन्द रहेका बझाङका शैक्षिक संस्था पूर्णरुपमा सुचारु भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार जिल्लामा पछिल्लो समयह कोरोना संक्रमण शुन्य जस्तै रहेको र विरामी समेत नरहेका कारण मंगलबार देखी जिल्लाभरका शैक्षिक संस्था सुचारु गर्ने निर्णय गरिएकोहो ।
जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले आज (मंगलबार)देखि विद्यालय खोल्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएकोछ । नेपाल सरकार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।