धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

एमाले छोडेर समाजवादीमा जान चाहने एमाले सांसदको हस्ताक्षेर गराइदै

एमाले छोडेर समाजवादीमा जान चाहने एमाले सांसदको हस्ताक्षेर गराइदै

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका नेकपा एमालेका सांसदहरुले दल परित्याग गर्दै माधव नेपालले गठन गरेको नेकपा एकिकृत समाज बादी पार्टीमामा जान हस्ताक्षेर अभियान सुरु गरेका छन् ।

एमाले श्रोतका अनुसार संसद विघटन पछि माधव नेपाल समुहमा उभिएका १७ मध्य १२ जना माधव समुहमा जान थालेका हुन् । यस अघि माधव समुह रोज्दै आएका एमाले संसदिय दलका नेता प्रकाश शाह, प्रकाश रावल, पुर्व मन्त्री कृष्णराज सुवेदी, गोविन्द कुँवर र अर्चना गहतराजले भने नयाँ पार्टीमा नजाने बताएका छन् ।

त्यसबाहेकका १२ जना प्रदेशसभा सदस्यले भने माधव नेपाल समुहले गठन गरेको नेकपा एस रोज्ने देखिएोछ । अहिले नेकपा एसमा जानचाहने प्रदेशसभा सदस्यको हस्ताक्ष्ने अभियान सञ्चालन भइरहेकोछ ।

हस्ताक्षेर सकिए लगत्तै प्रदेश निर्वाचन आयोगमा नयाँ पार्टीमा जानथालेका प्रदेशसभा सदस्यको सनाखत गराइने नेकपा एसकी केन्द्रिय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले बताइन् । सुदूरपश्चिममा एमालेका २५ सांसद रहेकोमा १ सभामुख छन् ।

 ‘निर्वाचन आयोगले दिएको समय अनुसार भदौ २१ सम्म समय रहेकोछ, मनत्री जोशीले भनिन्–‘हामी त्यस अघिनै एमाले छोड्नचाहन्छौं, आज नभए भोलि सम्म निर्वाचन आयोगमा हस्ताक्षेर बुझाउनेछौं । मन्त्री जोशीले एकिकृत समाजबादी पार्टीमा १३ प्रदेशसभा सदस्य जाने दावी गरेकिछन् ।