धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

एमाले सुदूरपश्चिमका १० जना प्रदेशसभा सदस्य माधव नेपालको पार्टीमा, तारलामा तामाङ गएनन्

एमाले सुदूरपश्चिमका १० जना प्रदेशसभा सदस्य माधव नेपालको पार्टीमा, तारलामा तामाङ गएनन्

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका १० जना प्रदेशसभा सदस्य माधबकुमार नेपालले दर्ता गरेको एकिकृत समाजबादी पार्टीमा लागेका छन् । १० जनाले मंगलबार सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगमा सनाखत गराएका छन् ।

समाजबादीमा जाने प्रदेशसभा सदस्यहरुमा आन्तरिक मामीला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्य मन्त्री चुनकुमारी चौधरी, प्रदेशसभा सदस्य लालबहादुर सोडारी, अमर साउँद, मना साउँद, कुलबिर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन् ।

उनिहरुले मंगलबार निर्वाचन आयोगमा पुगेर एमाले परित्याग गरी एकिकृत समाजबादीमा गएको भन्दै दल दर्ताका लागि सनाखत गरेका हुन् । मंगलबार नै तारालामा तामाङ र अर्चना गहतराज पनि एकिकृत समाजबादीमा जाने चर्चा भएपनि अन्तिममा उनिहरु आयोगमा गएनन् ।

यसैगरी भौतिक पूर्वाधार मन्त्री दिर्घ सोडारीले पनि मंगलबार सनाखत गरेनन् । समाजबादीकी केन्द्रिय सदस्य तथा कानून मन्त्री पुर्णा जोशीले दुईजनाको कागजात नपुगेका कारण मंगलबार सनाखत नभएको बताइन् । उनले भदौ २२ गते भित्र आफ्नो पार्टीमा १४ जना भन्दा बढी प्रदेशसभा सदस्य हुने दाबी गरिन् ।


ट्रेन्डिङ