धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

नाचेर जीविकोपार्जन गर्ने बादी महिला समाजको नेतृत्व गर्दै

नाचेर जीविकोपार्जन गर्ने बादी महिला समाजको नेतृत्व गर्दै

धनगढी । कैलालीको गोदावरी नगरपालिका३ की गिता देवी बादी अहिले सामाजिक काममा व्यस्त छिन् । गाउँमा हुने झैझगडा मिलाउन, विरामी पर्दा अस्पताल जान, प्रशासनिक काममा लागि सरकारी निकाय धाउन, नयाएका लागि न्यायिक निकाय सम्म पुग्नु उनको दैनिकि जस्तै बनेकोछ । गाउँमा कुनै महिलामाथी हिंसा भएमा पिडित महिलालाई न्याय दिलाउन गिता बादी अग्रसर हुन्छिन् । उनको निडर र सक्षम क्षमताका कारण उनि समाजकी भरपर्दो महिला नेता बन्न थालेकिछन् ।

गिता सामाजिक काममा लागेको लामो समय भने भएकोछैन । तीन बर्ष अघि दलित महिला संघ फेडोको सम्पर्कमा आएकी गितालाई फेडोले सामाजिक अगुवा नेतृत्व सम्बन्धी तालिममा सहभागि गराएको थियो । सो तालिमबाट प्रेरित भएर उनले सामाजिक काममा आफुलाई समर्पित गरिन् । तीन बर्ष अघिसम्म नाचेर कमाएको पैसाले पेट पाल्दै आएकि थिए, गिताले भनिन् समाजमा बोल्न समेत मलाई लाज लागने गर्दथ्यो, समाजको नेतृत्व गर्छुभन्ने सोचेकिथिएन, फेडोका कारण म यहाँसम्म आइपुगे. ।

उनले फेडोका कारण तीन बर्षमै समाजको नेतृत्व गर्न सक्षम भएको भन्दै खुशी व्यक्त गरिन् । उसैपनि बादी समुदाय समाजमा हेपिएको समुदायको भएकोब ताउँदै उनले महिलालाई माथी आउन सजिलो भने नभएको बताइन् । तर फेडो मेरालागि बरदान बनेर आयो, उनले भनिन् फेडोका कारण म आफैले नसोचेको परिवर्तन ममा आएकोछ, अहिले समाजलाई हाँकन सक्ने भएकिछु ।

सो वडामा दलित महिला संघ फेडोले निर्माण गरेको सगरमाथा  दलित महिला समुहको अध्यक्ष समेत रहेकी गिता बादीले अव सामाजिक काममै आफुलाई समपर्ण गर्ने बताइन् । फेडोले मलाई पटकपटक पुर्नताजगी तालिम पर्दान गर्दै आएकोछ, उनले भनिन् यसले मलाई कानूनी ज्ञान सिक्न सजिलो भएकोछ, नेतृत्व सुधारका लागि मैले निरन्तर प्रयत्न गरिरहेकिछु । आफु सामाजिक काममा लाग्दा परिवारले भने साथ दिएको उनले बताइन् । अरु परिवार जस्तो पुरुषले मलाई समाजमा बोल्न र सामाजिक काम गर्न रोक लगाएकोछैन, उनले भनिन्–‘परिवारले साथ दिएका कारण मलाई सामाजिक काम गर्न अझै सजिलो भएकोछ ।

उनले आफु जस्तै धेरै महिला अहिले समाजमा बोल्न सक्ने भएको बताइन् । फेडोले प्रदान गर्ने क्षमता अभिवृद्धि सम्बन्धी तालिमका कारण म जस्तै घर बाहिर बोल्न नसक्ने महिला अहिले खुलेर बोल्न सकिरहेका छन्, उनले भनिन्महिला सचेत हुदा सामाजिक विकृति कम हसनथालेका छन्, घरेलु हिंसामा पनि केही कमि आएकोछ ।