धनगढी पोष्ट
मङ्गलबार, १५ भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । मंगलबार सुदूरपश्चिममा ७ सय ७ जनाको स्वास्थ्य परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएकोछ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मंगलबार ५३ जनाको पिसिआर विधिबाट कोराना परिक्षण गर्दा ११ र ६ सय ५६ जनाको एन्टिजेन परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोहो ।
मंगलबार थपिएका संक्रमति संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार २ सय ५४ पुगेकोछ । संक्रमण पुष्टि भएका मध्य ४५ हजार ५ सय ९० जना निकोभएर घरगएका छन् भने ५ सय ८३ जनाको मृत्यु भएकोछ । मंगलबार १३ जना कोरोना संक्रमित निकोभएर घर गएका छन् ।