धनगढी पोष्ट
मङ्गलबार, १५ भदौ २०७८ मा प्रकाशित
धनगढी । गोदावरी नगरपालिका स्थित अत्तरियामा रहेको टेक्सास डान्स बारको स्टोर रुममा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोछ ।
‘विद्युत सर्ट हुँदा डान्सबारको स्टोर कोठामा आगलागी भएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने–‘आगो निभाउन दमकल र प्रहरी लागेका छन् ।’ आगलागी भएको केही समयमै दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।