धनगढी पोष्ट
शुक्रबार, १२ असार २०७७ मा प्रकाशित
नेपालगन्ज
प्रहरीले राष्ट्रिय वाणिज्य बैक नेपालगन्ज त्रिभुवन चोक शाखाका प्रबन्धक ललित बहादुर शाहीलाई शुक्रबार पक्राउ गरेका छ ।
सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ गरेका प्रबन्धक शाहीलाई शुक्रबार नै जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद समेत लगेको छ ।
सरकारी कागजात किर्ते गरी एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दामा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास खड्काले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका ११ का सुनचाँदी व्यवसायी जसगढले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा, कर तिरेको रसिद, मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षर समेत किर्ते गरेर बैंकबाट ऋण लिएको अभियोगमा २७ जेठमै पक्राउ परेका थिए ।