धनगढी पोष्ट
बुधबार, १६ भदौ २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा भदौ २१ गते देखी वडा अधिवेसन सुरु हुनेभएकोछ ।
जिल्लाका ८४ ओटै वडामा एक साथ अधिवेसन गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जनाएकोछ । मंगलबार जिल्ला सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा र निर्वाचन अधिकृत पुष्पराज जोशीको उपस्थितीमा बसेको जिल्ला कार्य सम्पदान समितिको बैठकले भदौ २१ मा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कांग्रेस कोषाध्यक्ष रमेश पाण्डेयले बताए । यस्तै मतदाता नामावलीमा केही त्रुटि भएमा सम्बन्धित वडाका पार्टी सभापतिसंगको समन्वयमा वडा मतदान अधिकृतले सच्याउने निर्णय गरिएको जनाएकोछ ।
निर्वाचन अधिकृतले नाम सच्याउने अधिकार वडा मतदान अधिकृतलाई प्रत्यायोजन गरेको कोषाध्यक्ष पाण्डेयले बताए । यस्तै वडा मतदान अधिकृतहरुका लागि भदौ १७ गते एक दिने प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने जनाइएकोछ ।