धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढीका ३३ प्रतिशतले लगाए कोरोनाको पुर्णखोप

धनगढीका ३३ प्रतिशतले लगाए कोरोनाको पुर्णखोप

धनगढी । धनगढी उपमहानगरपालिकाका ३३ दशमलव ८  प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

धनगढी उपमहानगरपालिका अनुसार नगरमा कोभिसिल्ड, जोनसोन एण्ड जोनसोन, एष्ट्राजोनिका  र भेरोसेल खोप लगाइएको थियो । चार वटै खोप गरी भदौ १५ गते सम्म ४५ हजार ५ सय २१ जनालाई पूर्ण खोप लगाइएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य इन्चार्ज लक्ष्मी उपाध्यायले बताए ।

उनका अनुसार धनगढीमा खोप लगाउनेको सूचिमा १ लाख ३३ हजार ३ सय ९३ जना हुन सक्ने अनुमान गरिएको छ । सोका आधारमा भदौ १५ गते सम्म ३३ प्रतिशत नागरिकले खोप लगाएको उनले बताए ।

धनगढी उपमहानगरपालिकामा पहिलो डोज खोप मात्रै लगाउने नागरिकको संख्या केही बढी छ । धनगढीमा भदौ १५ गते सम्म ५१ हजार ६ सय ९१ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् । स्वास्थ्य इन्चार्ज उपाध्यायका अनुसार धनगढी उपमहानगरपालिकामा ६ हजार १ सय ७० जनाले पहिलो खोप मात्रै लगाएका छन् ।