धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

विद्यालय सञ्चालन बारे कैलालीमा प्रशासनले बैठक बोलायो

विद्यालय सञ्चालन बारे कैलालीमा प्रशासनले बैठक बोलायो

धनगढी । कैलालीमा शैक्षिक संस्था खोल्ने वा नखोल्ने भन्ने विषयमा छलफल गर्न प्रशासनले स्थानीयतहका जनप्रतिनिधी सहितको बैठक बोलाएकोछ । 
बिहीबार (भोली) का लागि बोलाइएको बैठकमा शैक्षिक संसथा सञ्चालनका विषयमा छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

‘काठमाण्डौंमा शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय भएपछि कैलालीमा पनि जनप्रतिनिधी संग छलफल गर्न बैठक बोलाइएकोहो,’ उनले भने,‘जनप्रतिनिधिको धारणलाई मध्यनजर गरेर भोली शैक्षिक संस्थाका विषयमा निर्णय हुनेछ ।’ 
स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले यस अघिनै शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । ‘स्थानीय जनप्रतिनिधीले शैक्षिक संस्थाका बारेमा छलफल चलाउनुपर्ने माग राख्दै आएका थिए,’ सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले भने,‘सायद भोलीको छलफलले शैक्षिक संस्था खुलाउने निर्णय गर्छ ।’