धनगढी पोष्ट
बुधबार, १६ भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने दुई जनाको मृत्यु भएकोछ ।
बिहीबार प्रदेशमा ८ सय ८ जनाको स्वास्थ्य परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएकोछ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीबार २ सय जनाको पिसिआर विधिबाट स्वास्थ्य परिक्षण गर्दा ३० र ६ सय ८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएकोहो । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार २ सय ८८ पुगेकोछ ।
स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १४ जना कोरोना संक्रमण निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिमम कोरोना निको हुनेको संख्या ४५ हजार ६ सय ४ पुगेकोछ ।
सुदूरपश्चिममा बिहीबार कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएकोछ । मृत्यु हुनेमा बैतडीका ३३ बर्षिय पुरुष र अछामका ५१ बर्षिय पुरुष रहेका छन् । बिहीबार मृत्युभएका दुई जना संगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या ५ सय ८५ पुगेकोछ ।