दार्चुलाको दुहुँमा खाद्यान्न अभाव

हेलिकोप्टर मार्फत ढुवानीका लागि आग्रह

हेलिकोप्टर मार्फत ढुवानीका लागि आग्रह

धनगढी । भदौ १३ गगे राती आएको बाढीका कारण सडक अबरुद्ध हुँदा दार्चुलाको  दुहुँ गाउँपालिकामा खाद्यान्न अभाव हुन थालेकोछ । खाद्यान्न अभाव हुनथालेपछि गाउँपालिकाले हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानीको व्यवस्थाका लागि पहल थालेकोछ ।

बुधबार गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिंदै हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेकोछ । खाद्यान्न ढुवानीको अर्को विकल्प नभएपछि गाउँपालिकाले हेलिकोपटर मार्फत खाद्यान्न ढुवानीको माग गरेको हो । दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बुधबार दार्चुलाका प्रमुख जिलला अधिकारीलाई हेलिकोप्टर मार्फत खाद्यान्न ढुवनीको व्यवस्था गरिदिन निवेदन दिएका छन् ।

आइतबार राती आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम खलंगा र दुहुँ गाउँपालिका तथा ब्याँस गाउँपालिकालाई जोड्ने दार्चुलातिंकर सडकको ठाउँठाउँमा पहिरो खसेर पुरै सडक अबरुद्ध भएपछि यातायातका साधनहरु सुचारु हुन अझै केही समय लागने भन्दै उनले दुहुँको खाद समस्या समाधान गरिदिन दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी समक्ष आग्रह गरेका छन् ।

बाटोघाटो नहुँदा जिल्ला सदरमुकाम सम्मको यातायात अबरुद्ध भएर खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य अभाव भएको उनले बताए । गाउँपालिकाका लागी तत्काल १ सय क्वीण्टल चामल, ५ क्वीण्टल दाल, २ सय लिटर तेल, ५ क्वीण्टल नुन र २० एमएम तथा १६ एमएमको ५ हजार मिटर पाइप ढुवानी गरिदिन आग्रह गरिएको बताइएको छ ।

निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाद्यान्न ढुवानीका लागी आवश्यक पहल गरिने बताए ।