धनगढी पोष्ट
बिहिबार, १७ भदौ २०७८ मा प्रकाशित
धनगढी । क्रियाशिल सदस्यको नामावली उपलब्ध नभएको भन्दै कैलालीमा भोली देखी सुरुहुने भनिएको नेपाली कांग्रेसको वडा अधिवेसन स्थिगित गरिएकोछ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीले अर्को सचना जारी नहुँदा सम्म वडा अधिवेसन स्थगित गरिएको भएको भन्दै सूचना टाँसेकोहो ।
नेपाली काँग्रेस कैलालीले एक सूचना जारी गर्दै जिल्लमा हालसम्म क्रियाशिल सदस्यको नामावली उपलब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि वडा स्तरको अधिवेशन स्थगित भएको जानाएकोछ ।
कांग्रेस कैलालीका नेता यज्ञराज जोशीका अनुसार नामावली आइपुगेमा यही भदौ २२ गते वडा अधिवेशन गरिनेछ । वडा अधिवेसनका लागि कैलालीमा निर्वाचन अधिकृत आइसकेका छन् ।
कैलालीका लागि निर्वाचन अधिकृत तोकिएका टेकराज सुवेदीले भने अदौ २२ पछि मात्रै कैलालीमा वडा अधिवेसन हुन सक्ने बताए ।
‘क्रियाशिल सदस्यताका विषयमा कैलालीमा केही समस्या रहेकोछ,’ उनले भने,‘जसका कारण निर्वाचन गर्न केही समय लाग्न सक्ने देखिएकोछ ।’