धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएकोछ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार अस्पतालमा ८७ जनाको पिसिआर परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएकोहो ।

उनका अनुसार बिहीबार सेती अस्पतालमा उपचाररत १ जना संक्रमित निकोभएर घर गएका छन् । हाल सेती अस्पतालमा ११ जना संक्रमितको उपचार भइरहेकोमा २ जनाको भेन्टिलेटर र २ जनाको आइसियु कक्षमा उपचार भइरहेको श्रेष्ठले बताए ।