धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कैलालीमा अव विद्यालय खोल्न पाइने

कैलालीमा अव विद्यालय खोल्न पाइने

धनगढी । कोरोना संक्रमणका कारण ४ महिना देखी बन्द रहेका कैलालीका शैक्षिक संस्था सञ्चालन हुने भएका छन् ।

विद्यालय सञ्चालन सम्बन्धमा बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारकी अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै शैक्षिक संस्था सुचारु गर्न पाइने निर्णय गरेकोछ । बैठक पछि प्रमुख जिल्ला अधिकारी खगेन्दप्र्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका छन् । बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ ।

सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ । यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।