धनगढी पोष्ट
बिहिबार, १७ भदौ २०७८ मा प्रकाशित
धनगढी । कैलालीमा प्रहरी बनाइदिने भन्दै पैशा असुली गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२ का २५ बर्षिय मनोजकुमार सिंह रहेकाछन् ।
उनले आफ्नो प्रहरी उच्च अधिकारी संग सम्बन्ध भएको बताउँदै प्रहरीमा भर्ना गरिदिने भन्दै एक युवकबाट ६० हजार असुली गरेको प्रहरीको दावीछ ।
प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भई नतिजा आउने वेला ती युवकले पैशा नदिए फेलगराईदिने भन्दै वुबकलाई धम्कििदिएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीका अनुसार पैशा असुली गरेको जानकारी पाएपछि प्रहरीले सिंहलाई बुधबार धनगढी स्थित ट्राफिक चौराहाबाट पक्राउ गरेकोहो ।
पक्राउ परेका युवकबाट सिटिजन्स बैंक धनगढीको नाममा रहेको ६० हजारको चेक र मोबाईल बरामद गरिएको प्रहरी उपरिक्षक अधिकारीले बताए । युवकको मोबाइलमा प्रहरी बनाईदिने भन्दै गरेको बार्गेनिङको रेकर्ड रहेको प्रहरीको भनाईछ । पक्राउ परेका सिंहमाथि ठगी शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।