धनगढी पोष्ट
बिहिबार, १७ भदौ २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिमका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीबार प्रदेमा ८ सय ३१ जनाको स्वास्थ्य परिक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएकोछ । बिहीबार १ सय ४६ जनाको पिसिआर परिक्षण गर्दा २६ र ६ सय ८९ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएकोहो ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण हुनेको कुलसंख्या ४६ हजार ३ सय १७ पुगेकोछ । कोरोना संक्रमण पुष्टिभएका मध्य ४५ हजार ६ सय ४३ जना निकोभएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमप्रदेशमा कोरोनाका कारण बिहीबार सम्म ५ सय ८५ जनाको मृत्यु भएकोछ । हाल सम्म सुदूरपश्चिममा ३ ला १५ हजार ३ सय ३९ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएकोछ ।