धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

वेपत्ता भएको ३३ बर्ष पछि प्रहरीले घर फर्कायो डगौरालाई

वेपत्ता भएको ३३ बर्ष पछि प्रहरीले घर फर्कायो डगौरालाई

धनगढी । ३३ बर्ष अघि रोजगारीको सिलशिसामा भारतको सिमला गएका डगौरा उतै अलपत्र परेका थिए । भारत गएको धेरै समय सम्म घर नफर्केका डगौराको खोजिकार्यका लागि परिवारले उजुरी दिएपछि उनि पत्ता लाग्न सकेका थिएनन् ।

लामो समय सम्म कतै फेला नपरेपछि परिवारले लोकुल पत्ता लाग्ने आसा मारेका थिए । तर भदौ ९ गते भारतको बिहारमा फेला परे पछि लोकुन ३३ वर्षपछि घर पुगेकाछन् । घरमा एक छोरा र एक छोरी भएपछि डगौरा भारत गएका थिए ।

यस विचमा उनि परिवारको सम्पर्कमा नआएपछि श्रीमतिले अर्को बिहे गरिन् । सम्झने गरी मुखै नदेखेका छोरा, छोरीले बुबा आउने कल्पना सम्म गरेका थिएनन् । ३३ बर्ष पछि बुबालाई भेट्दा खुशी लागेकोछ, डगौराका ३८ बर्षिय छोरा रामबहादुर डगौराले भने, मैले कल्पनानै गरेका थिएन, बुबा आउँछन् भनेर, तर आज भगवानले हामीलाई बुबा दिएकोछ, सहयोगी सवैप्रति धन्यवाद भन्न चाहन्छु । ३३ बर्ष पछि लोकुनले परिवार संग भेट्ने मौका पाएका छन् ।

उनलाई परिवार संग मिलन गराउनुमा भारतको विहारका संदिप यादवको अहम् भूमीका रहेकोछ । भदौ ९ गते बिहारमा अलपत्र भेटिएका डगौरालाई सन्दिपले आफैसंग राखेर खाना खुवाएका थिए । प्रारम्भिक सोधपुछमा लोकुन नेपालको भएको जानकारी पाएका सन्दिपले प्रहरी हेडक्वाटरमा नेपाली नागरिक फेला परेको भन्दै जानकारी समेत गराए । तर भदौ १० गते लोकुन फेरी वेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहारका सन्दिपले लोकुनको फेरी खोजी कार्य गर्दै नेपाल प्रहरीलाई जानकारी गराएका थिए । काठमाण्डौ स्थित टेकु प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंहसंग सन्दिपको सम्पर्क भएको थियो । टेकु प्रहरीले प्रारम्भिक अनुसन्धान पछि डगौराको ठेगाना पत्ता लगाउने जिम्मा कैलाली प्रहरीलाई दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय र बिहारका सन्दिप विच भएको भर्चुअल कुराकानीमा लोकुन डगौराले टिकापुर मुनुवा आसपास घर भएको बताएका थिए । सोका आधारमा कैलाली प्रहरी प्रमुख विश्व अधिकारीले लोकुनको ठेगाना पत्ता लगाउन प्रहरी परिचालन गरे । टिकापुर र आसपासका सवै क्षेत्रमा प्रहरी परिचालन गर्दा लोकुल जानकी गाउँपालिकाका भएको पत्तालाग्यो,कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले भने, ‘परिवार पत्तालागेपछि लोकुनलाई नेपाल झिकाई पर्सा हुँदै धनगढी ल्याइएकोहो ।

पर्सा सम्म भारतको बिहारका संदिपले नै पु¥याएको उनले बताए । पर्शामा छोरा सहित प्रहरीलाई पठाएर लोकुनलाई धनगढी ल्याइएको प्रहरी प्रमुख अधिकारीले बताए ।

परिवार संग मिलन गराउन पाउँदा खुशी लागेको अधिकारीले बताए । प्रहरी प्रमुख अधिकारीका अनुसार लोकुन डगौरा थारुको स्वास्थ्य अवस्था अहिले असामान्य रहेकोछ । उनको दिमागी

समस्या रहेकोछ । केही कुरा सम्झने डगौरा कति वेला सवै विर्सने गरेको प्रहरी पमुख अधिकारीले बताए ।