धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

गणतन्त्र बचाउन ५ दलिय गठबन्धन  : भट्ट

गणतन्त्र बचाउन ५ दलिय गठबन्धन  : भट्ट

धनगढी । राष्ट्रिय जनमोर्चाका महाँसचिव मनोज भट्टले ०६२÷०६३ को आन्दोलबाट संस्थागत भएको गणनत्त्र र धर्मनिरपेक्षता बचाउन ५ दलिय गठबन्धन गरिएको बताएका छन् ।

एमाले अध्यक्ष केपि शर्मा ओलीले गणनत्त्र र धर्मनिपेक्षतालाई कम्जोर बनाउने काम गरेपछि जनमोर्चाले नेपाली कांग्रेसको नेतृत्वमा गठित गठबन्धनलाई साथ दिएको बताए ।

दक्षिणपन्थि शक्तिसंग तालमेल गरेको भन्दै लोकेन्द्र लम्साल नेतृत्वमा सुदूरपशिचममा राष्ट्रि जनमोर्चाकाको समानान्तर कमिटी गठन गरिको छ । समानान्तर कमिटिले जनमोर्चाको नीति, शिद्धान्त र संघिय प्राणाली खारेज गर्ने अभियान विपरित केन्द्रिय नेतृत्वले दक्षिणपन्थि शक्तिसंग तालमेल गरेको आरोप लगाएकोछ ।

महाँसचिव भट्टले भने कम्युनिष्ट भनिएका केपि ओलीले विदेशीको इसारामा देशमा अस्थिरता निम्त्याउन खोजेका कारण त्यसलाई रोक्न कांग्रेसको सरकारलाई समर्थन गरिएको बताए । गठबन्धन भित्रै कतिपय कुरामा हाम्रो विमति रहेकोछ, भट्टले भने,‘तर गाणतन्त्र र धर्मनिरपेक्षेता बचाउनुपर्छ भन्ने सवैको साझा धारणा छ, त्यसलाई आधारमानेर हामीले सरकारलाई समर्थन गरेका छौं । दुई, दुई पटक संसद विघटन गरेर एमोले अध्यक्ष केपि ओलीले देशलाई अस्थिरता तर्फ लैजान खोजेपछि बाध्यभएर कांग्रेस संग सहकार्य गरिएको उनले बताए ।

उनले जनमोर्चाको समानान्तर गतिविधीमा संलग्न रहेका सवैलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको बताए ।  जनमोर्चामा देखिएको समस्या केपि ओलीकै कारण भएको उनको टिप्पणीछ । केपिओलीले असंवैधानिक कदम चाल्दा हाम्रो केही साथीहरु त्यसको मतियार बन्न पुगे, उनले भने,‘त्यसतालाई कारवाही गर्दा पार्टीमा समस्या भइरहेकोछ । उनले संसद विघटन पछि माओबादी, एमाले र जसपामाा समेत समस्या भएको बताए ।

महाँसचिव भट्टले देउवा नेतृत्वको सरकारले एमसिसि पारित गर्न नसक्ने दावी गरे । एमसिसिका सवालमा माओबादी, नेकपा एस, जसपा र हाम्रो पार्टीको असहमति रहेकोछ, उनले भने,‘यस्तो अवस्थामा यो सरकारले एमसिसि पास गराउन सक्दैन ।

अहिले संसोधन सहित एमसिसि पास गराउनुपर्ने भन्ने आवज आएपनि अमेरिकाले संसोधन गरेर एमसिसि पास गराउन नदिने उनले बताए । एमसिसि अमेरिकी सरकारले आफ्नो हित अनुसार ल्याएको परियोजना हो, उनले भने,‘नेपालले संसोधन गरेको अमेरिकाले स्वीकार्दैन, संसोधन गरेको एमसिसि पारित हुनेकुरैभएन ।

एमसिसि पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसंग तालमेत गर्न सक्ने उनको आसंका छ । तर त्यसतो अवस्थामा पनि एमालेले सहजै एमसिसि पास हुन नदिने उनले बताए । देउवाको नेतृत्वमा एमसिसि पारित गरेर एमालेलाई जस जादैन, उनले भने,‘कांग्रेसलाई जसजानेगरी ओलीले एमसिसि पारित गर्न सहयोग गर्लान जस्तो मलाई लाग्दैन ।