धनगढी पोष्ट
शुक्रबार, १८ भदौ २०७८ मा प्रकाशित
धनगढी । दार्चुलामा गौरा हेर्न गएका एक युवक मृत फेला परेका छन् । स्थानिय दिनेश सिंहका अनुसार जिल्लाको मार्मा गाँउपालिका वडा नं. २ का २७ वर्षिय मनोज लुहार १६ गते राती मृत फेला परेका हुन् ।
भदौ १५ गते गौरा हेर्न गएका लुहार गाउँपालिकाको वडा २ स्थित मुडाखोला भन्ने स्थानमा मृत फेला परेको बताइएको छ । घटना संकास्पद भएको भन्ने सुचनाका आधारमा ईलका प्रहरी कार्यालय लटिनाथले ३ जनालाई नियन्त्रणमा लिएको बुझिएको छ ।
घट्ना चार दिन पहिलेको भए पनि घट्ना शंकास्पद रहेको भनेर शवको पोष्टमार्टम हुन सकेको छैन् । मृतक लुहारको शव अहिले लटिनाथ स्वास्थ्य चौकीमा रहेको प्रहरीले जनाएको छ । मृतक लुहारका १ छोरा १ छोरी र श्रीमती छन् ।