धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

दार्चुलाको दुहुँ जोड्ने सडक मर्मत गर्दै सुरक्षाकर्मी

दार्चुलाको दुहुँ जोड्ने सडक मर्मत गर्दै सुरक्षाकर्मी

धनगढी । पहिरोका कारण अबरुद्ध बनेको दार्चुलाको दुहुँ गाउँपालिका जोड्ने सडक जिल्ला स्थित सुरक्षाकर्मीले मर्मत गर्नथालेका छन् । सडक सुचारु नहुँदा ढुवानी अभावका कारण दुहुँमा खाद्यान्न आभव हुनथालेपछि नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीले अबद्धरु सडक मर्मत गर्न थालेका हुन् ।

सडक निर्माण गर्ने क्रममा सुरक्षाकर्मीले २÷३ ठाउँमा काठे पुल र ठाउँ ठाउँमा भत्किएको पैदलवाटो निर्माण गरिरहेको जनाईएको छ । वाढी पहिरो आएको ४ दिन पछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली दुहुँको बाढिपहिरो निरीक्षण तथा उद्धारमा खटिएको हो ।

कालागाड खोलाको ठाउँठाउँमा अस्थायी रुपमा काठे पुल निर्माण गर्नुका साथै एक घरवाट आर्का घर सम्म जाने वाटो नभएकाले ठाउँठाउँमा पैदलवाटो निर्माण गरिरहेको जनाईएको छ ।

दुहुँको वडा नं. २ गुना, अफर्या, र नरोली त्यसै गरी वडा नं. ५ को सुत्खोला, सिमार, घोप्ट्या, थाम, चिनाडी र खडीखानी आसपासको जमिन भासिएको र घरहरु चर्किएका कारण पहिरो जाने सक्ने सम्भावना रहेकोले स्थानीयहरुलाइ सुरक्षित स्थानमा सार्नको लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सुरक्षाकर्मीहरुले स्थानीयको घरभित्र रहेका मकै, गहुँ जै, लगायतका अन्य सामान सुरक्षित ठाउँमा राख्ने दार्चुलाका प्रमुख जिलला अधिकारी शिद्धराज जोशीले बताए ।