धनगढी पोष्ट
शुक्रबार, १८ भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा शुक्रबार ९ सय ७२ जनाको कोरोना परिक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएकोहो ।
स्वास्थय निर्देशनालयका अनुुसार शुक्रबार १ सय ५२ जनाको पिसिअर विधिबाट कोरोना परिक्षण गर्दा २७ र ८ सय २० जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टिभएकोहो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ३ सय ६२ रहेकोछ ।
स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार प्रदेशका ४० जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निकोहुनेको संख्या ४५ हजार ६ सय ८३ पुगेकोछ । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या ५ सय ८३ पुगेकोछ ।