धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

बामदेवले छोडे एमाले

अध्यक्ष ओलीसँग मिलेर कुनै हालतमा एमालेमा बस्न नसकिने अडान लिएका उनले पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद बढाएका थिए ।

बामदेवले छोडे एमाले
वामदेव गौतम

काठमाण्डौ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी छाडेका छन् उनले शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्

गौतमले एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएको स्वकीय सचिव दीपक टमाटाले  जानकारी  दिएका छन्

एमाले विभाजित भएपछि पनि तटस्थ बसिरहेका गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर जान पनि बार्गेनिङ गरिरहेका थिए।

अध्यक्ष ओलीसँग मिलेर कुनै हालतमा एमालेमा बस्न नसकिने अडान लिएका उनले पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद बढाएका थिए

तर नेपालले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद स्वीकारेमा मात्रै आफु उक्त पार्टीमा आउने अडान लिएका थिए

ओलीकै कारण एमालेमा बस्न नसक्ने निचोड निकालेका उनले शुक्रबार मात्रै समाजवादीमा जान शर्त सार्वजनिक गरेका थिए