धनगढी पोष्ट
शनिबार, १९ भदौ २०७८ मा प्रकाशित
धनगढी । देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जेठ यता मात्रै १ सय १६ जनाको ज्यानको मृत्यु भएकोछ ।
गृहमन्त्रालयका अनुसार मृत्युहुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक तथा १६ बालिका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परि ४४ जना बेपत्ता भएका छन् ।
उनीहरूको खोजी भइरहेको जनाएको छ । प्रहरीकाअनुसार बाढीपहिरोमा परेका एक हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
बाढीको कारण तीन हजार १ सय ८२ घर डुबानमा परेका, ९ सय ७८ घर, १ सय ६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३ सय ३ वटा पशु मरेका छन् ।