धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

पाँच बर्ष पछि कैलालीमा डल्फिन गणना सुरु

पाँच बर्ष पछि कैलालीमा डल्फिन गणना सुरु

धनगढी । कैलालीको भजनीमा ५ बर्ष पछि डल्फिन गणना सुरु भएकोछ । बर्षायाममा मोहना तथा कर्णालीमा देखापर्ने डल्फिनको जैविक विविधता संरक्षण नेपालले गणना सुरु गरेकोहो । शुक्रबार देखी थालिएको डलिफन गणना आइतबार सकिनेछ ।

जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाका अनुसार टीकापुर र भजनी क्षेत्रलाई समेटेर १३ स्थानबाट डल्फिन गणना थालिएकोहो ।

जमरा कुलो पथरिया सङ्गम, जनकपुर (बेलुवाघाट), सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया सङ्गम, गैरी पथरिया सङ्गम, काढानदी पथरिया सङ्गम, पथरिया काढा मोहना त्रिवेणी, रेप्टीकुलो मोहना नदी सङ्गम, कुशमघाट (मरियाघाट), कुसमघाट मोहना पथरिया सङ्गम, तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक, चौकुर्दी कर्णाली मोहना सङ्गम, कर्णाली सत्तिपुल क्षेत्रमा डल्फिन गणना हुन लागेको अध्यक्ष ढुङ्गानाले बताएका छन् ।

यसअघि  पाँच वर्ष अघि एक पटक डल्फिन गणना गरिएको थियो। विसं २०७३ मा ६५ वटाको गणना गरिएकोमा २०७५ सालमा ५५ वटा डल्फिन देखा परेका थिए । हाल डलिफनको संख्या घटेको भन्दै उनले कैलालीका नदीमा ३५ देखि ४० वटा डल्फिन हुन सक्ने बताए । पछिल्लो तथ्याङ्क हेर्दा डल्फिनको सङ्ख्या बर्सेनि घटिरहेकाले संरक्षण गर्न आवश्यक रहेको संस्थाका महासचिव जयप्रसाद ढुङ्गानाको भनाइ छ ।