धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा २६ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा २६ जनामा कोरोना पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशकि अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएकोछ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शनिबार अस्पतालमा  १ सय २४ जनाको पिसिआर परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएकोहो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार शनिबार अस्पतालमा उपचाररत ४ जना कोरोना निकोभएर घर गएका छन् । हाल सेती अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेकोमा ४ जनालाई आइसियु र २ जनालाई भेण्टिलेटर कक्षमा राखिएको सूचना  अधिकारी श्रेष्ठले बताए ।