धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमका ३४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका ३४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शनिबार प्रदेशमा ८ सय ४ जनाको स्वास्थ्य परिक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएकोहो । शनिबार १ सय ६६ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएकोमा २७ तथा ६ सय ३८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएकोछ ।

शनिबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्यिट हुनेको कुल संख्या ४६ हजार ३ सय ९६ पुगेकोछ । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ३१ जना कोरोना निकोभएर घर गएका छन् ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निको हुनेको संख्या ४५ हजार ७ सय १४ रहेकोछ । स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमणका कारण सुदूरपशिचममा शनिबार सम्म ५ सय ८५ जनाको मृत्यु भएकोछ । तर शनिबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या प्रदेशमा शुन्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएकोछ ।