धनगढी पोष्ट
आइतबार, २० भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमा गरिएको परिक्षणमा २१ जनामा कोभिड – १९ को संक्रमण पुष्टि भएको छ । प्रदेशभरिमा आइतबार ९ सय ६६ जनाको नमुना परीक्षण ग गरिएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार महाकाली अस्पतालमा ११ जनाको नमुना परीक्षण गर्दा ३ जना र डोटी अस्पतालमा ९ जनाको नमुना परीक्षण गर्दा १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुरा असपतालमा १० जना र बझाङ अस्पतालमा १९ जनाको नमुना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशमा १५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।