धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बझाङको केदारस्यु गाउपालिकाका अध्यक्ष उपाध्यक्ष सहित १९ जनप्रतिनिधिले रोजे नेकपा एस

बझाङको केदारस्यु गाउपालिकाका अध्यक्ष उपाध्यक्ष सहित १९ जनप्रतिनिधिले रोजे नेकपा एस

धनगढी   बझाङको केदारस्यूँ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहित १९ जना जनप्रतिनिधिहरुले नेकपा समाजवादी पार्टी रोजेका छन् उनीहरुले जिल्ला निर्वाचन कार्यालय बझाङमा आइतबार नेकपा समाजवादीको पक्षमा सनाखत गरेका हुन

नेकपा समाजवादी रोज्नेमा नेकपा एमालेबाट निर्वाचित केदारस्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर का वडा अध्यक्ष गणेशबहादुर बोहरा, वडा नम्बर का वडा अध्यक्ष चक्रबहादुर विक, वडा नम्बर का वडा अध्यक्ष बिरबहादुर खाती, वडा नम्बर का अध्यक्ष काशिराम धामी रहेका छन्

त्यस्तै, वडा सदस्य ज्ञाना जेठारा, कमला कुमारी भण्डारी, नन्दा देवी सिंह, जुनादेवी ओखेडा, तुलसी देवी बिष्ट, मिजुरा देवी ओखेडा, बाटुली देवी ओड, विमला कुमारी शर्मा, कल्यान धामी, धन बहादुर बिष्ट, धन्नाम रावल, लाल बहादुर कामी कार्यपालिका सदस्य कटकबहादुर दमाईले नेकपा एकीकृत समाजवादी रोजेका हुन्

सनाखत गर्न निर्वाचन कार्यालय पुगेका केदार स्यूँ गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले नेकपा एमालेका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा वलीले गरेका हरेक ज्यादतीका बिरुद्घ समाजवादी पार्टी रोजेको बताए