धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

दार्चूलाको दुहुँ र व्यासमा हेलिकोप्टर मार्फत खाद्यन्न ढुवानी गरिदै

दार्चूलाको दुहुँ र व्यासमा हेलिकोप्टर मार्फत खाद्यन्न ढुवानी गरिदै

धनगढी । सडक नहुँदा खाद्य अभाव भएपछि दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर२ र ५ तथा दार्चुलाकै व्यवस गाउँपालिका२ मा  आज देखी हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न थालिएकोछ ।

भदौ १३ गते आएको बाढी र पहिरोका कारण दार्चुलाको व्यवस जोड्ने सडक अबरुद्ध बनेपछि सो स्थानमा खाद्यान्न ढुवानी हुन सकेको थिएन । जसका कारण गाउँपालिकाको वडा नम्बर२ र ५ मा खाद्यान्न समस्या भएको भन्दै गाउँपालिकाले खाद्यान्न ढुवानीका लागि हेलिकप्टर माग गरिएको थियो ।

त्यसैगरी दार्चुलाको व्यवस गाउँपालिका२ मा भारतीय सुरक्षा निकायले तुईनबाट आवतजावत गर्न प्रतिबन्ध लगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको भन्दै हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रबक्ता प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले बताए ।

उनका अनुसार दुहुँका लागि १ सय क्वीन्टल चामल, ५ क्वीन्टल नून, ५ क्वीन्टल दाल, २ सय लिटर खाने तेल र तीन हजार ५ सय २० मिटर प्लास्टिकको पाईप हेलिकोप्टर मार्फत ढुवानी गर्न थालिएकोहो ।

त्यसैगरी ब्यास गाउँपालिका२ कालागि ५० क्वीन्टल चामल ढुवानी गरिने प्रहरी प्रबक्ता चन्दले बताए । व्यासमा पठाइने चामल तुइन प्रकरणको छानविन गर्न गठित समितिको सिफारिषमा पठाइन थालिएको उनले बताए ।

व्यासमा पठाइने चामल अनुदानमा भएको र दार्चुला सदरमुकाम खलङ्गाकै मुल्यमा विक्रि गरिने जनाइएकोछ । भने दुहुँमा बाढी पहिरोबाट पुर्ण क्षेति भएका परिवारलाई निशुल्क खाद्यान्न वितरण गरिने छ, भने कम प्रभावित परिवारलाई सुपथ मुल्यमा खाद्यान्न उपलब्ध गराइने प्रहरी प्रबक्ता चन्दले बताए ।

उनका अनुसार खाद्यान्न सामाग्री नेपाल आर्मी दार्चुलाको हेलिप्याडमा संकलन गरिएकोछ । त्यहाँबाट हेलिकोप्टर मार्फत ४ ट्रीपमा खाद्यान्न ढुवानी गरिने छ । ढुवानीका लागि नेपाली सेनोको हेलिकोप्टर दार्चुला पुगेको उनले बताए ।

खाद्यान्न संगै विभिन्न सगैर सरकारी निकायले पनि बाढी पहिरो पिडित परिवारलाई सहयो सामाग्री उपलब्ध गराएका छन् । प्रहरीका अनुसार सामुदायीक ग्रामीण विकाश समाज नेपालले ५३ कट्टा मसिो चावल, २ सय ६५ किलो दाल, १ सय ६ लिटर तेल, १ सय ६ पोका नुन, ५ सय ३ किलो पिठो र कोलगेट, दाँत माझ्ने ब्रस, लुगा धुने सावुन, नुहाउने सावुन गाउँपालिकालाई हस्तान्तरण गरेकोछ ।

नेपाल रेडक्रस दार्चुला जिल्ला शाखाले २० परिवारका लागी ४० पिस कम्वल, २० थान टेन्ट, १ सेट भाडाकुडा, २० पिस लेडीज धोती, प्रति परिवार १२ मिटर कपडा, २० पेटीकोट र २० वाल्टी सहयोग गरेको छ । उक्त सामाग्री पनि हेलिकोप्टर मार्फत नै प्रभावित क्षेत्रमा पठाइने जनाइएकोछ ।