धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कानूनी सारक्षता सम्बन्धी दुई दिने तालिम सम्पन्न

कानूनी सारक्षता सम्बन्धी दुई दिने तालिम सम्पन्न

धनगढी । समुदायका महिलालाई लक्षित गरी २ दिने साक्षरता सम्बन्धी तालिम कैलालीको बौनियामा सम्पन्न भएकोछ ।

दलित महिला संघ (फेडो) आयोजना तथा फाउण्डेसन फर अ जस्टको सहयोगमा सञ्चालित कानून सम्बन्धी तालिममा १० ओटा महिला समुहबाट २५ जना बढीको सहभागिता रहेको थियो । फेडोले बर्दगोरियामा गठन गरेका दलित महिला समुहमा आबद्ध महिला लाई तालिममा सहभागि गराइएको थियो ।

तालिम उद्घाटन गर्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौराले कानूनी ज्ञान नहुँदा नागरिकमा अन्यौलता रहेको बताउँदै समुदायमा कानूनी ज्ञान दिनु अपरिहार्य रहेको बताए । कतिपय अवस्थामा आफुहरुलाई समेत कानूनी ज्ञान नहुँदा समस्या हुनेगरेको भन्दै अध्यक्ष डगौराले कानून सिक्नु सवैका लागि अपरिहार्य भएको बताए । उनले फेडोद्वारा प्रदान गरिएको तालिम समयको माग अनुसार भएको बताउँदै आगामी कार्यक्रममा गाउँपालिकाले पनि समन्वय गर्ने बताए ।

दलित महिला संघ फेडोका अध्यक्ष विनोद घिमिरेले स्थानीय स्तरमा कानूनी ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको बताए । कानूनी ज्ञान नहुँदा धेरै महिला अहिलेपनि न्ययीक प्रक्रिायमा जान डराइरहेका छन् उनले भने–‘त्यसता महिलालाई कानूनी ज्ञान दिन हामीले तालिमको आयोजना गर्दै आएका छौं । 

फेडोकी बरिष्ठ सदस्य सीता बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिबक्ता गणेश कडायतले सहजिकरण गरेका थिए ।